दफा
विकेन्द्रीकृत तरिकाबाट अनौपचारिक शिक्षा

६. विकेन्द्रीकृत तरिकाबाट अनौपचारिक शिक्षा कार्यक्रमहरूको कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गरिनेछ

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ सरकारी, गैरसरकारी र स्थानीय निकायहरूको एकल र संयुक्तरूपमा सुपरिवेक्षण, अनुगमन र मूल्यांकन गरिनेछ ।
♦ अनुगमन एवम् सुपरिवेक्षण गर्दा सहभागितात्मक विधि अपनाइनेछ ।
♦ सुपरिवेक्षण, अनुगमन र मूल्यांकनपश्चात् स्थानीय एवम् केन्द्रीय तहमा छलफल सत्रहरूको आयोजना गरी प्रतिवेदन प्रस्तुत गरिनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षा प्रदान गर्ने अन्य निकायहरूको अनुगमन गर्नका लागि बेलाबेलामा ती निकायहरूको निरीक्षण गर्ने, समूहमा छलफल गराउने र स–साना अनुसन्धानात्मक कार्यहरू गर्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा एकाइलाई अनिवार्य रूपमा आ–आफ्ना कार्यक्रमको अनुगमन र मूल्यांकन गर्ने कार्यमा सघाउ पु¥याउने ।
♦ प्रधानाध्यापकले आफ्नो विद्यालयअन्तर्गतका वैकल्पिक विद्यालय कार्यक्रमहरूको सुपरिवेक्षण गर्ने ।
♦ सामुदायिक परिचालकले आफ्नो केन्द्रअन्तर्गत सञ्चालित बाल÷प्रौढ÷महिला साक्षरता कक्षाको अनुगमन र सुपरिवेक्षण गर्ने ।
♦ सबैखाले सुपरिवेक्षकहरूले आफूले गरेको निरीक्षणको प्रतिवेदन गाविस÷नपा र सम्बन्धित संस्थामा पठाउने ।
♦ अन्य संस्थाहरूले चलाएको खुला विद्यालयको सुपरिवेक्षण गर्ने काम सम्बन्धित निकायले तोकेको व्यक्ति÷संस्थाको हुने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने निकायहरूले आ–आफ्नै आन्तरिक सुपरिवेक्षकहरू भर्ना गर्ने ।
♦ सुपरिवेक्षकहरूको योग्यता तोकेबमोजिम हुनुपर्ने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने सहयोगी कार्यकर्ताले सहभागीको शैक्षिक उपलब्धि मापन गर्नका लागि उनीहरूको व्यक्तिगत प्रोफाइल राख्ने ।
♦ स्थानीय जिल्लास्तरीय निकायहरूले स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले तोकेबमोजिमको जिम्मेवारी बहन गर्नेछ ।